Tuesday, November 24, 2026
Home राजनीति कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

1

काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव लिइने बुझिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।