के मास्कले धुवाँधुलोबाट जोगाउँछ ?

262

चैत ५,
काठमाण्डौं । धूलो र धुवाँबाट आजित काठमाण्डौंका थुप्रै मानिसले त्यसबाट जोगिन मुखमा मास्क लगाएको देखिन्छ।
तर के तिनले सबै प्रदूषणबाट जोगाउन सक्लान् ?
चिकित्सकहरु भन्छन् धूलाका ठूला कण बाहेक बजारमा पाइने कम गुणस्तरको कपडाका मास्कको प्रयोगले सबै प्रकारको वायु प्रदूषण छेक्न सक्दैनन्। बरु, डाक्टरहरुले प्रयोग गर्ने सर्जिकल मास्क भनिने मास्क प्रयोग गरेमा भने केही हदसम्म जोगिन सकिने उनीहरु बताउँछन्। सिर्जित धुवाँ र धूलोको मिश्रणले यतिखेर राजधानी उपत्यकालाई आक्रान्त पारेको छ।
यसले सर्वसाधारण मानिसको दैनिक जीवन कष्टकर बनेको देखिन्छ।
प्रदूषणबाट जोगिनका लागि कतिपयले कम गुणस्तरको मास्क प्रयोग गर्ने गरेका छन्।
यद्यपि, त्यस्ता मास्कले भने करिब ५ प्रतिशत वायु प्रदूषण मात्र छेक्न सक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डक्टर कृष्ण अर्यालले बताए।
सामान्य रुपमा पाइने तथा सस्तो मास्क बाहेक हस्पिटलहरुमा पाइने सर्जिकल मास्क किनेर लगायौं भने चाहिं केही हदसम्म बचाउन सकिन्छ। कपडाको मास्को साटो त्यो मास्क प्रयोग गरियो भने स्वास्थ्यमा धेरै असर गर्ने एः द्द।छ कणहरु छिर्नबाट केही बचाउन सकिन्छ,ू उनले भने।
असर
धूलाम्मे सडक
विज्ञका अनुसार, पार्टीकुलेट म्याटर कपालका रौंको व्यासभन्दा दशौं गुणा सूक्ष्म हुन्छन्।
तिनिहरुको स्रोत अधिकांश गाडी तथा कलकारखानाका निस्कने धुवाँ भएको उनीहरुको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छाती तथा श्वासप्रश्वास विशेषज्ञ प्राध्यापक डाक्टर करविरनाथ योगी भन्छन् तिनबाट जोगिन कमसल कपडाका मास्कबाट सकिन्न।
ूहलुका नीलो रंगको मास्क धेरैले लगाएको मैले देखेको छु, जुन नलगाए बराबर नै हो। अरु मेडिकल मास्क पाइन्छन्। ती प्रभावकारी हुन्छन् तर अलि महंगा छन्,ू डा योगीले बताए।
घर भित्र र बाहिर लगभग उस्तै किसिमको वायु प्रदूषणको असर हुनसक्ने हुँदा सम्पूर्ण रुपमा प्रदूषण घटाउने उपाय तर्फ नै ध्यान दिनु उचित हुने अनुसन्धानकर्ता डक्टर कृष्ण अर्यालले बताए।
ूप्रदूषणका प्रभावबाट जोगिन घरभित्र हावा शुद्ध पार्ने उपाय वा बाहिर मास्क लगाउने उपाय भन्दा पनि महत्वपूर्ण चाहिं प्रदूषण नै पूरै कसरी घटाउने हो भन्ने तर्फ सोच्नु पर्छ, उनले भने।
वायु प्रदूषणको दीर्घकालिन उपाय नखोजिने हो भने फोक्सो, छाला, तथा आँखाका रोगीहरु बढ्न सक्ने चिकित्सकहरुले बताएका छन्।
यो सामाग्री बिबिसी नेपाली सेवाबाट लिएको हो