Tuesday, September 29, 2026
Home शिक्षा हस्तलेखनमा सूर्यविनायकको मदरल्याण्ड स्कुल उत्कृष्ट

हस्तलेखनमा सूर्यविनायकको मदरल्याण्ड स्कुल उत्कृष्ट

499

-सुमन केसी
असोज ३,
भक्तपुर । इप्सन भक्तपुरका सदस्य विद्यालयका २७ जना विद्यार्थीहरु बीच भएको अंग्रेज़ी हस्तलेखन प्रतियोगितामा सुर्यविनायक नगरपालिका वडा ९मा रहेको मदरल्याण्ड स्कुल प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएको । उक्त विद्यालयबाट कक्षा ८ मा अध्ययनरत तीन जना नै अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय र किमेश बस्नेत तृतीय भएका छन् । साथै सान्त्वना पुरस्कार प्राप्त गर्नेमा गुन्डूमा रहेको हिमाल एकेडेमी रहेको छ । नगरकोट सनराइज स्कलको आयोजनामा सम्पन्न भएको थियो भने पुरस्कार आज संविधान दिवसको दिन सम्पन्न इप्सन कै अर्को कार्यक्रम नृत्य प्रतियोगिताको अवसरमा प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि प्रसाद ढकालले उत्कृठ भएका छात्र तथा छात्रालाई पुरस्कार वितरण गरेका छन् ।