Monday, September 28, 2026
Home शिक्षा मदरसामा कम्प्युटर शिक्षा

मदरसामा कम्प्युटर शिक्षा

213

बैशाख २४,
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ ।
प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालन गरेको छ ।
विसं २०६५ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना भएको उक्त मदरसामा उर्दुको साथै नेपाली, गणित, सामाजिक, विज्ञान, अंग्रेजीलगायत विषयमा विद्यार्र्थीले शिक्षा प्राप्त गर्दै आएका छन् भने यससँगै अब कम्प्युटर शिक्षाको अध्ययन गर्न पाउने भएका हुन् । एकमात्र निमाविसरहको शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा हाल करीब १६५ मुस्लिम विद्यार्थीले पठनपाठन गर्दै आएको मदरसामा छ वटा शिक्षक चार वटा शिक्षिका रहेको रहेका मदरसाका प्रअ अमिर आजम मियाँले जानकारी दिनुभयो । जिल्लामा कूल धार्मिकरुपमा सञ्चालित ५२ मदरसा, एक गोरुकुल र एक गुम्बा रहेका छन् ।