भक्तपुर । जिल्ला अदालत भक्तपुर रेर्कड अनुसार तीन वर्षमा ६ सय १४ जोडीको समबन्ध विच्छेद भएको छ । भक्तपुर जिल्ला अदालतका स्रस्तेदार सदन अधिकारीका अनुसार तीन वर्षमा ८सय २ जोडीले सम्बन्ध विच्छेदकोलागि मुद्धा दर्ता गरेका छन् । अधिकारीले भने “आर्थिक वर्ष २०८१/०८२ मा २८९ सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएकोमा २१३ जोडीको सम्बन्ध विच्छेद भएको छ ।” २०८२/०८३ मा ३९८ सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएकोमा ३२१ जोडीको सम्बन्ध विच्छेद भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ११५ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ८० जोडीको सम्बन्ध विच्छेद भईसकेको छ ।
तीन वर्षमा दर्ता भएका ८०२ मुद्धा मध्य ६१४ जोडीको कानुनी रुपमै छोडपत्र भएको अदालतका स्रस्तेदार अधिकारीले जानकारी दिएका छन् । पछिल्ला केही संख्यालाई हेर्दा यहाँ दैनिक एउटा मुद्धा पारिवारीक विघटनको माध्यम बनेर आइरहेको हुन्छ । घरेलु हिंसा, कुटपटि बहुविवाहले मात्रै होइन प्र्रविधिको गतल प्रयोगले पनि श्रीमान् श्रीमतीको सम्बन्धमा फाँटो ल्याएको मुद्धाको प्रकृतिबाट थाहा हुन्छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने एक करिब ४० वर्षकी महिला आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न भक्तपुर अदालतमा आफ्नो एक जना नातेदार लिएर आएकी थिइन् । अदालतका कर्मचारीहरुले उनलाई प्रश्न गर्दा उनले यस्तो जवाफ दिइन् । उनको छोरो करिब ७ वर्षका छन्, ती महिला नेपाल सरकारको स्वास्थ्य सेवामा जागिरे छिन्, श्रीमानपनि आफ्नै काम गर्दछन् । उनले भनिन् “मेरो श्रीमानले मध्यपान नगरेको दुई वर्ष भो, कुटपटिपनि गर्दैनन् तर, उनी बेलाबेलामा घर छोडेर हराउछन् । मैले सोध्दा मेरो जिन्दगीको तिमीलाई के चासो ? भन्छन्, मोवाइलमा कसैको म्यासेज देख्नु हुदैंन शंका गर्दछन् । कोहीसंग बोल्यो भने उसकै आरोप लगाउछन्, म अब श्रीमानसंग बस्न सक्दिन । अदालतका कर्मचारीले उनको कुरा सुनिसकेपछि थप प्रक्रिया गर्न उनलाई अर्को शाखामा पठाइदिए ।
शिक्षाको स्तर बढ्को, हिंसा सहनुहुन्न भन्ने चेतना महिलाहरुमा रहेकाले पनि यस्तो अवस्था आएको हुन सक्ने अधिकारीको भनाई छ । अदालतका स्रस्तेदार अधिकारीले भने “अर्थिक, सामाजिक, शारिरिक, प्रविधिको प्रयोगलेपनि सम्बन्धबिच्छेदका घटनामा वृद्धि भएको देखिन्छ ।” अदालतमा कार्यरत एक कर्मचारीले भने आजकाल सम्बन्ध विच्छेदपनि फेशन जस्तो भो, पीडा भोगेकोले गर्नु भन्दापनि सामान्य मनमुटावमा अदालत आएर मुद्धा दर्ता गर्ने धेरै भए । कतिपय जोडीले आवेसमा आएर मुद्धा दर्ता गराएपनि पछि मेलमिलापबाट सम्बन्ध जोगाएका पनि केही उदारण ती कर्मचारीले दिए ।
अदालतमा बैकिङ्ग कसुरका पनि धेरै मुद्धा
भक्तपुर जिल्ला अदालतमा तीन वर्षमा १ हजार ५०१ बैकिङ्ग कसुर सम्बन्धी मुद्धा दर्ता भएको देखिन्छ । जस अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ६३३, ०८२/०८३मा ६९४ र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा १७४ वटा मुद्धा दर्ता भएका छन् ।
अदालतका स्रस्तेदार अधिकारीका अनुसार चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका मुद्धाको संख्या ३ हजार १९५ रहेको छ । जसमा दुई वर्ष धन्दा धेरै समयदेखि चलेका मुद्धाको संख्या ३४३ रहेको छ, भने १८ महिनादेखि दुई वर्षभित्रका ५८५ रहेको छ ।
अदालतमा हाल चालु मुद्धाको संख्या २ हजार २७३ रहेको छ । जसमा बैकिङ्ग कसुर सरकारवादी ४५९, फौजदारी ७३६, त्यसैगरि चेक अनादर २८८ दुनिँयावादी र ६९३ फौजदारी, सम्बन्धविच्छेद ९७ रहेको छ । अदालतमा पर्छौट हुनबाकीँ मुद्धाको संख्या ३ हजार १७२ रहेको छ ।
हाल ११ वटा इजलास संचालनमा रहेको भक्तपुर जिल्ला अदालतमा आवश्यक संख्यामा कर्मचारी नहुदाँ सेवा प्रवाहमा भने केही कठिनाइ हुने गरेकोछ ।













