महाकाली र पञ्चेश्वर सुम्पनेले राष्टबादको कुरा गर्नु गलत

327

मंसिर २२ ।
भक्तपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले महाकाली र पञ्चेश्वर सुम्पनेले राष्टबादको कुरा गर्नु गलत भएको आरोप लगाएकी छिन् ।
रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै भुसालले बिगतका आफू सरकारमा हुँदा देशको सम्पत्ति बिदेशीहरुलाई सुम्पनेहरुले अहिले राष्ट्रवादको कुरा गर्न नसुहाउने बताएकी छिन् ।
‘एक इन्च जमिन र एक थोपा पानी विशेसीलाई नदिएको वर्तमानमा सरकारलाई राष्ट्रघाती भन्नु कागले आफ्नो नाम लिएको जस्तै हो,’ भुसालले भनिन् ।
एमालेकै शिर्ष नेताहरुको भनाई लिँदा एमाले संघियता, समाबेशी र समानुपातिक जान नचाहेको बुझिएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले भनिन् ‘जनतालाई संघियता, समानुपातिकता र समावेशी अधिकार नदिए सम्म कोहीपनि शक्ति राष्ट्रबादी हुन सक्दैन्’ ।
संबिधान संसोधन प्रस्तावलाई लिएर भइरहेको अन्दोलन नेपाली जनतालाई राजनीतिज्ञहरुले बुझाउन नसक्नु र एमालेले आफ्नो भोट बैंकका रुपमा प्रयोग गरिरहेको उनकोे टिप्पणी छ ।
माओवादी केन्द्रको महाधिबेशन आयोजक समिति मा चार हजार केन्द्रिय सदस्य आफ्नो पार्टीभित्रको आवश्यकता रहेको भुसालको भनाई रहेको छ ।
पार्टीको बैठकमा संबिधान संसोधनलाई सफल बनाउदैँ तीनै तहको निर्वाचन गर्न र छुटेका भुकम्प पिडितहरुको मागलाई पहिलो प्राथामिकता राख्न निर्देशन दिएको उनले बताइन् ।