मणिश्रीको प्रचारप्रसार उत्कर्षमा

1303

फागुन १५,
काठमाडौ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ को आगामी २०७३ साल चैत्र ५ गते काठमाण्डौमा सम्पन्न हुन गइरहेको पांचौ डिष्ट्र्क्टि कन्भेन्सन्का लागि आप्mनो क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ का पूर्व क्याविनेट सेक्रेटरी लायन मणि श्री रत्न बज्राचार्यलाई द्धित्तिय भाइस डिष्ट्र्क्टि गभर्नरको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेको सन्दर्भमा लायन्स क्लब अफ बालाजुले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ अन्तर्गतका काठमाण्डौकेन्द्रित क्लबहरुका सिनियर तथा बर्तमान लिडरहरुसंग उम्मेदवार अन्तरकृया कार्यक्रम सुरुवात गरेको लायन्स क्लब अफ बालाजुले गण्डकी क्षेत्रको पोखरा तथा धौलागिरी क्षेत्रको म्याग्दी, बाग्लुङ्ग र पर्वतमा उम्मेदवार अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचनको तिथि नजिकिंदै गर्दा उम्मेदवार मणिश्रीसंग क्लब लिडरहरुको साक्षात्कारलाई बढी जोड दिइएको छ । नेपालको लायनबादभित्र अब सुधार होइन परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आप्mनो मुल नारा ‘परिवर्तन (ऋजबलनभ)’ बोकेका द्धित्तिय भाइस डिष्ट्र्क्टि गभर्नरका उम्मेदवार मणिश्रीरत्नले आफुले लायनवादभित्र गर्न खोजेको परिवर्तनको बारेमा आम क्लब लिडरहरुलाई प्रष्ट्याइरहनुभएको कुरा लायन्स क्लब अफ बालाजुका अध्यक्ष लायन राजु खडकाले बताए । मणिश्रीको ‘परिवर्तन’ को नारालाई साह्रै नै उत्सुकतापूर्णरुपबाट हेरिरहेका लायन लिडरहरुले मणिश्रीको प्रष्टीकरणबाट अभैm उत्साहित भएको बताएका थिए ।
लायन मणिश्रीले लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ लाई पेपरलेस अफिसको रुपमा स्थापित गर्न यसअघि आफु क्याविनेट सेक्रेटरी हुंदा गरेको सुरुवातलाई निरन्तरता तथा त्यसमा थप उत्कृष्टता तथा आधुनिकता प्रदान गर्ने, लायनवादभित्र भर्खरै प्रवेश गरेका तथा अन्य इच्छुक लायनहरुलाई आवश्यक तालिमको लागि डिष्ट्र्क्टिमा ट्र्ेनिङ्गसेलको व्यवस्था गर्ने, डिष्ट्र्क्टिलाई ‘सूचना केन्द्र’को रुपमा बिकाश गरी आम लिडर तथा गभर्नरलाईसमेत क्लबहरुप्रति जवाफदेहि बनाउने स्पष्ट खाका प्रस्तुत गर्ने गरेका छन् ।
मणिश्रीको उम्मेदवारीबाट यसअघि कायम रहेको टिकेप्रथाको अन्त्य भै क्लबहरुले आप्mनो. नेता आपैm छान्न पाउने स्थिति सृजना हुनाका साथै हाम्रो होइन राम्रो नेता लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ ले पाउन लागेको सहभागिहरुको भनाई रहेको थियो ।