सुपर क्वालिटीका फ्रोजन आइटम बिग मार्टमा

443

फागुन १३,
काठमाडौ । विगत लामो समयदेखि उपत्यका बाहिर लोकप्रिय ब्रान्ड बन्न सफल सुपर क्वालिटीका फ्रोजन आइटमको स्वाद अब काठमाण्डौ उपत्यकाका उपभोक्ताहरुले पनि लिन पाउने भएका छन् । बुधबार काठमाण्डौको नक्साल स्थित बिग मार्टबाट एक कार्यक्रम आयोजना गरि सुपर क्वालिटीले उत्पादन गरेका फ्रोजन आइटम सार्वजनिक गरिएको हो । बिग मार्टमा यस अघि पनि चिकेन ससेजहरु विक्री गरिदै आएकोमा अब चिकेन नग्गेट्स्, वर्गर, चिकेन ब्रेस्ट, कट्लेट, फ्रोजन बासा फिस, फ्रोजन प्राउन लगायतका परिकार रहेका छन् भने भेजिटेबल आइटममा स्वीट कर्न, हास ब्राउन, भेजि स्टीक्स, फ्रेन्च फ्राइ, आलु टिक्की, बर्गर लगायत छन् । सार्वजनिक कार्यक्रमा कम्पनीका प्रवन्ध निर्देशक के.पि पौडेलले उपत्यका बाहिर जस्तै उपत्यकाका उपभोक्ताको पनि छिटै विश्वस जित्नेमा आफ्ना उत्पादनहरु गुणस्तरीय र सस्तो हुनुले भूमिका खेल्ने उल्लेख गरे ।