आज हावाहुरीसहित वर्षाको सम्भावना

72

असार ३,
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । त्यस्तै पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्थाको पूर्वानुमान यस्तो छ ।

असार ३ गते देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।।

असार ४ गते दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ भने राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असार ५ गते देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।