शिवरात्रीको उपलक्ष्यमा गरिब पीडितको विषेश कार्यक्रम

234

फागुन १३,
काठमाडौ । कालिमाटी तरकारी बजार क्षेत्र भित्र रहेको शिव मन्दिरमा गरिब पीडित उद्दार सङ्घको आयोजनामा विषेश पूजा अर्चना र भण्डारा चलाइएको हो । सङ्घका अध्यक्ष लक्ष्मी साह तेलीका अनुसार कार्यक्रममा साधु सन्तहरुलाई भोजन सहित दक्षिणा प्रदान गरियो । यस अघि पनि सङ्घले विषेश धार्मिक पर्वहरुमा भण्डारा चलाउँदै आएको छ । कार्यक्रमका लागि कालिमाटी तरकारी बजार क्षेत्रका व्यवसायी तथा विभिन्न धार्मिक तथा सामाजिक सङ्घ सन्स्था र व्यक्तित्वहरुको सहयोग रहँदै आएको छ । अध्यक्ष तेलीले प्रत्येक दिन यस शिव मन्दिरमा नियमित पूजा चलाउँदै आएको बताएका छन् ।