धर्म कुनै समुदायको नभइ समस्त प्राणीको लागि होः रेग्मी

334

फागुन १३,
काठमाडौ । महाशिवरात्रीको पूर्व सन्ध्या पारेर विहिबार पशुपति क्षेत्रमा योगी नरहरीनाथ ट्रष्टले आयोजना गरेको शिव पार्वती रथ यात्राको शुभारम्भ गर्दै मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले धर्म कुनै समुदायको नभइ समस्त प्राणीको लागि हुने बताएका हुन् । धर्म मानव र प्राणीको कल्याणका लागि हो भन्दै पूर्व मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले सृष्टिको स्वरुप र लोक कल्याणका लागि भगवान शिवको महिमा वेदमा रहेको उल्लेख गरे । देवादीदेव रहेको भूमि अध्याध्मिक उन्यायनको भूमिको रुपमा रहेको चर्चा गर्दै रथ यात्राले सबैलाई शिव शक्ति स्वरुप प्राप्त होस् भन्ने कामना गरेका थिए । कार्यक्रमा ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले पशुपतिनाथ सन्सारकै धार्मिक केन्द्र रहेको चर्चा गरेका थिए । कार्यक्रममा अधिवक्ता राजकुमार थापा, विश्व हिन्दू महासङ्घका राष्ट्रिय अध्यक्ष निल प्रसाद भण्डारी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।