पूर्वमा पहिलो पटक माउन्टेन फ्लाइट हुने

342

फागुन १३,
पथरी । विराटनगरबाट शनिबारदेखि पूर्वकाहिमशृंखलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् । विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंगा, गौरीशंकर हिमाल सहितकाहिमशृंखला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्थामध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताए । उनको अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ । काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृंखला विराटनगरबाट ५० मिनेटमा नै हुने छ । अहिलेको अवस्थामापूर्वमा धेरै सम्भावना रहेको भएपनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनकालागि यो एउटा नयाँ अभ्यास हुने तर्क व्यवसायीहरुको छ ।