अछाममा छाउपडी कुप्रथा न्युनिकरणका लागि सडक नाटक

449

लालबहादुर विक
अछाम । गतिसिल बहुउद्देश्यीय समाज नेपालको आयोजनामा छाउपडी कुपर्था विरुद्ध सडक नाटक मङलसेनमा सम्पन्न भएको छ । नाटकमा यो कुप्रथा आजको सभ्य मानिएको समाजको डरलाग्दो प्रथा रहेको यसलाई मान्नु हुदैन भनी व्याख्या पनि गरिएको छ। समाज विकासका अनेकौं अभ्यास पछि पनि हामी यो कमजोरीबाट मुक्त हुन नसकेको र यसलाई चडो भन्दा चाडो अन्त गर्न सबैले लाग्नु पर्ने भनी जनाईएको थियो । नाटकमा छाउपडी कुप्रथा बाट पिडित लाखौं महिला दिदिबहिनिहरुको पिडा समेटिएको थियो । सुदुरपश्चिम तिर अझै ब्याप्त रुपमा जिबित रहेको छाउपडी कुप्रथालाई विशुद्ध राजनीति र धार्मिक तहमा मात्र व्याख्या गर्नु हुन्न भन्ने तर्कको नाटकमा बालियो उठान गरिएको थियो । छाउपडी कुप्रथा विरुद्ध छुवाछूतको कुरा उठाउनेलाई जेल हाल्नुपर्छ भन्ने कुरालाई पनि विशेष उठान गरिएको थियो ।यदि अदालतमा मुद्दा हाल्ने पैसा नभए सरकारले नै राखेका बैदानिक वकिलले अदालतमा बैधानिक वकिल पाउ भनी सिफारिस गरे बैधानिक वकिलले लडि दिन्छ भनेर पनि जानकारी गराईएको थियो । छाउपडी भएर गोठमा बसेको बेला मुखियाको छोराले बलत्कार गरे हामिले चुप नलागेर पुलिसलाई मुद्दा हाल्नु पर्छ भनी नाटक द्वारा चेतना दिएको थियो । महिला माथी हुने हिंसा लाई पुलिसमा गराई दोसिलाई कर्बाही गरिनु पर्छ अनि मात्र महिला हिंसा गर्नेहरु सुधन्छन भनी नाटकले चित्रण गरेको थियो । नाटकमा छाउपडी कुप्रथाको आरक्षणका कारण महिला हिंसा बढेको विषयलाई पनि जोडतोडले बहसमा ल्याइएको थियो । यसलाई सरकारले सामाजिक अपराधाको रुपामा घोषण गरिसकेको पनि जनाईएको थियो । छाउपडिले छोएको खान हुन्न भन्ने कुरा भ्रम मात्र भएको यसले कसैलाई केही बिगार गर्दैन भनि ब्यख्या पनि गरिएको छ। यसरी मुद्दा दिएपछी गाउँलेले गिज्याउँछन् भनेर सोच्नु पनि गलत रहेको र यदि कसैले त्यसरि गिज्यापनी उसलाई कार्बाही हुने कुरा नाटक मार्फत जानकारी गरिएको छ । नगरपालिका वडा न ५ खुल्ला मञ्च जाने बाटोमा नाटक गरिएको थियो ।