भक्तपुरमा विभिन्न घटनामा तीनजनाको मृत्यु

176

फागुन ८,
भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा ८ च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका– १६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भक्तपुरको दुवाकोटस्थित काठमाडाँै मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ । भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको हो । यता अनन्तलिङ्गेश्वर नगरपालिका–५ दधिकोटमा २४ वर्षीय आशिष मगर विहान मृत अवस्थामा भेटिएका छन् । खाङसाङ गाविस–६ सिन्धुली घर भई दधिकोट बस्दै आएका मगरको मृत्युको कारण खुल्न नआएको प्रहरीको भनाइ छ । तीनवटै शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगिएको छ ।