सुटिङमा नायीका कार्की बेहोस

225

माघ ११,
फिल्म राधेको एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । हिउँ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा राधे युनिट पुगेको थियो । फिल्ममा समावेश हुने मान्छे हुँ म बाट नी गल्ती हुनसक्छु बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले बताए । गीत छायाँकनको क्रममा प्रियंका जी बेहोस् भएपछि तत्काल तल होटलमा ल्यायौं, करिब १० मिनेटपछि मात्र उहाँ होसमा आउनुभयोु निर्माता पोखरेलले भने, चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको बताएको छ । कोरियोग्राफी भने रामजी लामिछानेले गरिरहेका थिए ।
यद्धपी फिल्मको उक्त गीतको भने छायाँकन सकिएको र फिल्मका अन्य ७ र ८ दृश्य खिच्न बाँकी रहेको निर्माता पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्किनेछ । फिल्मलाइ जगदिश्वर थापाले निर्देशक गरेका छन् । राधे नयाँ बर्षको छेकोमा आगामी बैसाख १ गते रिलिज हुनेछ ।