Monday, September 28, 2026
Home Uncategorized हात्तीको आक्रमणमा बालिकाको मृत्यु

हात्तीको आक्रमणमा बालिकाको मृत्यु

176

सुरुङ्गा (झापा), ११ माघ । जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ ।
आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएसँगै भद्रपुर शोकमग्न भएको हो ।
आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो ।
हात्तीको आक्रमणमा परी पालमायाको आइतबार नै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
आइतबारदेखि नै बेपत्ता बनेकी शर्मिलाको सोमबार मात्रै शव फेला परेको छ । हराएकी बालिकालाई सोमबार स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालय झापाको टोलीले मृत अवस्थामा फेला पारेका थिए ।