काठमाडौं । प्रर्दसनको समय कुरेर बसेको नेपाली चलचित्र ‘परिणाम’को प्रतिक्षाको घडि समाप्त भएको छ । फिल्म तयार भएको करिब २ बर्ष पछि उक्त चलचित्र आउदो माघ २१ गतेको लागि प्रदर्शन मिति पाएको छ । अमेरिकामा बसोबास गर्दै आएका अभिनेता मुकेश ढकालद्धारा अभिनित चलचित्र “परिणाम” अब रिलिजको लागि तम्तयार भएको काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले जानकारी गराएको छ । निर्माताले दिएको जानकारी अनुसार चलचित्रको पुरै टिम यति बेला प्रचार प्रसारमा जुटेको छ ,उसले आफ्नो सिनेमाको प्रर्दसनको व्यापक तयारी गरीरहेको छ । हरि पराजुलीको निर्माण तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा मुकेश ढकाल , सारिका घिमिरे , झरना रिसाल ,किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, संजय न्यौपाने लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद र कुमार महर्जनको द्वन्द निर्देशनको साथमा शिव ढकालको छायांकन रहेको छ भने चलचित्रका कार्यकारी निर्माता पदम निरौला रहेका छन । निमाण पक्षले चलचित्रले नेपाली दर्सकको मन जित्ने र नेपाली सिने बजारमा नयाँ हलचल ल्याउने विश्वास गरेको छ ।