ट्रम्पको शपथ ग्रहणसंगै विरोध उत्सवको तयारी

169

एजेन्सी । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहणको तयारी जति जोडतोडका साथ हुँदैछ त्यति नै जोश उनी विरुद्धका कार्यक्रमका लागि पनि खर्चिने भएका छन् । थुप्रै चर्चित मान्यजन, व्यक्तित्व, सेलिब्रिटीले उनको शपथ ग्रहण कार्यक्रममा संलग्न हुन अस्विकार गरिसकेका छन् । डोनल्ड ट्रम्पको समूहले कार्यक्रमको रौनक बढाउनका लागि केही सेलिब्रिटी भित्र्याउन सफल पनि भएका छन् । वासिङ्टन डीसीमा लिंकन मेमोरियलमा ‘मेक अमेरिका ग्रेट अगेन’ कन्सर्टमा हार्ड रक ब्यान्ड थ्री डोर्स डाउनले आफ्नो प्रस्तुती दिने भएको छ । कन्ट्री सिंगर टीबी किथले पनि यो स्वागत समारोहमा भाग लिँदैछन् । कार्यक्रममा भाग लिने आफ्नो निर्णयमा उनले यो भन्दा पहिले बुश र ओबामाका साथै इराक र अफगानिस्तानमा २ सयभन्दा कार्यक्रममा आफ्नो प्रस्तुती दिइसकेको जानकारी दिएका छन् । ट्रम्पको कार्यक्रममा संलग्न हुने सेलिब्रिटीको सूचीमा अस्कर बिजेता जोन वोइटको नाम पनि छ ।