दैलेखमा रफत सञ्चारको शाखा गठन

334

दैलेख । विगत आठ वर्ष देखि ‘आवाज विहिनहरुको आवाज, शान्तिका लागि रफत’ पत्रकारहरुको क्लब रफत भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना गरिएको सञ्चार क्लबको दैलेखमा हिजो एक कार्यक्रमकाबीच शाखा गठन गरिएको छ । रफतका केन्द्रीय अध्यक्ष सुशीलबन्धु थापाको अध्यक्षतामा भएको पत्रकारहरुको भेलाले शाखा गठन गरेको हो ।
शाखाको अध्यक्षमा सगरमाथा टेलिभिजन दैलेखका संवाददाता कुमार प्याकुरेल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा भरत अधिकारी सचिबमा पृथ बयलकोटी कोषाध्यक्षमा महेन्द्र सापकोटा र सदस्यहरुमा अनु खाण, कमला बि.क, विजय शर्मा र जिवन आचार्य चयन भएका छन् । शाखाको सल्हाकारमा पत्रकार महासंघ दैलेखका अध्यक्ष नमनकुमार शाही प्रेस युनियन दैलेख सभापति भुपेन्द्र शाही, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य यज्ञराज थापा र इमेज टेलिभिजन दैलेख सम्वाददाता नविन शर्मा रहेका छन् ।
शाखा गठनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष थापाले रफत संचार क्लबले समसामयीक विषयमा बहस चलाएर सञ्चार क्षेत्रमा योगदान दिएको बताए । उनले रफत क्लब पत्रकारहरुको साझा संगठन बनाउनुपर्ने बताए ।
उनले दैलेखमा गठन गरिएको शाखाले दैलेखको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले रफत क्लब दैलेखी युवाहरुको अग्रसरतामा गठन भएको भन्दै यो क्लबले सञ्चार क्षेत्र र पत्रकारिताको विकासमा पनि सहयोग पु¥याउने बताए । शाखा अध्यक्ष कुमार प्याकुरेलले रफत क्लबले दैलेखमा समसायीक तथा सामाजिक विषयमा बहस गराउने बताए ।