झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १६ जनालाई आज विहान पक्राउ गरेको छ । विद्युतीय उपकरण सहितचोरीमा सम्लग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरेको हो । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट उनीहरुलाई पक्रउ गरेको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सवैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । विद्युत नचोर्न नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रलेपटक पटक सार्वजनिक सूचना जारी गरेपनि सूचनाको अवज्ञा गरेपछि वाध्य भएर चोरीमा सम्लग्नलाई पक्राउगर्नु परेको सिहंको भईन छ । पछिल्लो तीन महिनदेखि चोरीमा सम्लग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडेपनि पटक पटक सम्झाउदा पनि अटेर गर्दै विद्युत चोरी गर्दै, राई समिल,मोटर, काठ मिल, जस्ता विद्युतीय उपकरण चलाएको पाइपछि वाध्य भएर मानिसलाई समात्ने अभियान चलाइएको केन्द्रप्रमुख सिहंको भनाई छ । पक्राउ पर्नेमा गरामनी २ निवासी ८० वर्षीय यासुदीन सेख सोही ठाउँका मोहन आचार्य, चायल लिम्वू, विकल लिम्वू, डम्वर वराईली, प्रकाश लिम्वू, उमानाथ चम्लागाई, मन्जु लिम्वू, अमरवहादुर दर्जी, दुर्गा खतिवडा, लोकप्रसाद लिम्वू, जीतेन लिम्वू, रामकृष्ण सुनार, सरोज कार्की, मोहमद सावुदेन, रहेका छन् । त्यस्तै बिर्तामोड १ निवासी मनकुमार राई पनि विद्युत चोरीमा पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।