जीप दुर्घटना, चालक सहित तीन जनाको मृत्यु

169

accident-bhumesthan-copy-1
१ पुस,
धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको भूमेस्थान गाउँ विकास समितिको वडा नं ६ कोइरालेमा शुक्रबार बिहान स्कारपियो जीप दुर्घटना हुदाँ गाडीमा सवार तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको छ । लमजुङबाट काठमाडौँ जाँदै गरेको ग २ च ४५७२ नम्बरको गाडी आफै अनियन्त्रित भई सडकबाट ७५ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा मृत्यु भएका मध्ये चालक लमजुङ घर भएका २५ वर्षीय माधव धितालको सनाखत भएको छ भने अन्य १ पुरुष र १ महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।