Monday, September 28, 2026
Home Uncategorized अछाममा भिरवाट खसेर एकको मृत्यू

अछाममा भिरवाट खसेर एकको मृत्यू

477

अछाम । अछाममा भिरवाट लडेर एक युवकको ज्यान गएको छ । वर्दादेवी गाविस वडा नम्वर ७ निवासी देव साउदको भिरवाट लडेर ज्यान गएको हो । आईतवार दिउसो वाख्रा चराउनका लागी नजिकै रहेको नन्देगडा गाविसको कालवाडा सालगाडी भन्ने ठाँउमा गएका साउद राती अवेरसम्म पनि घर नफर्किएपछि स्थानियले खोजी गर्दा जंगलमा भिरवाट लडेर मृत अवस्थामा भेटीएको उनका आफन्तले बताए । साझ अवेर सम्म पनि घर नफर्के पछि बाख्रा चराँउन गएको जंगलमा खोजी गर्दा राती १० वजे साउदको लास फेला पारेको स्थानियले जानकारी दिएका छन् ।