निजी छाडेर सामुदायिक विद्यालय भर्ना हुने बढे

397

५ पुस,
डोटी । मुडभरा-९ खन्याडीकी कौछीदेवी जोराले आफ्ना तीन छोराछोरीलाई निजी बिद्यालयबाट छुटाएर भवानी आधारभूत बिद्यालय खन्याडीमा भर्ना गरिन् । सोही ठाउँकी कमलादेवी भूत्यालले पनि ३ कक्षामा पढ्दै गरेका छोरा कृष्णलाई मयतष्(कअजययसिामुदायिक बिद्यालयमा भर्ना गरिन् । कौछी र कमलाले मात्रै होईनन्, खन्याडीका निजी बिद्यालयमा अध्ययन गर्दै आएका २५ बालबालिका सामुदायिक बिद्यालयमा भर्ना भएका छन् । सामुदायिक बिद्यालयले बिद्यालय सुधार योजनासहित गुणस्तरमा सुधार गर्न थालेपछि निजी बिद्यालयका बिद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय पर्न थालेको हो । सामुदायिक बिद्यालयमा नियमित पढाई भएरनभएको अनुगमन आफूले नै गर्ने गरेको कमला भूत्यालले बताईन् । ‘पहिला भन्दा बिद्यालय सुधारको बाटोमा छ’ उनले भनिन्, ‘थोरै खर्चमा गुणस्तरीय बढाई हुन थालेपछि मैले आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेकी हूँ ।’ विद्यार्थीको बसाई ब्यवस्थापनसँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित गाउँमा भर्ना अभियान सञ्चालन गरेपछि बिद्यार्थीहरु निजी बिद्यालय छाडेर सामुदायिक विद्यालयमा जान थालेका हुन् । निजी छाडेर विद्यार्थी भर्ना भइरहेको स्थानीय भवानी आधारभूत विद्यालयका प्राधानाध्यापक गणेश कठायतले बिद्यालयको शैक्षिकस्तर गुणस्तरीय भएकैले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको वताए । सामुदायिक बिद्यालयका शिक्षकले अझ बढी ईच्छाशक्ति देखाए झन् गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालय पनि सक्षम हुने डोटीका जिल्ला शिक्षा अधिकार अनन्त कुमार पौड्यालले बताए । ‘सामुदायिक बिद्यालयमा तालिम प्राप्त जनशक्ति छ’ शिक्षा अधिकारी पौड्यालले भने, ‘सबै शक्ति परिचालन हुने हो भने सामुदायिक विद्यालयले पनि निजिले जत्तिकै गुणस्तरीय शिक्षा दिन कठिन छैन ।’