वातावरण मन्त्रालयले क्रसरको मापदण्ड तोक्ने

239

पुस ५, काठमाडौं । वातावरण मन्त्रालयलाई रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको मापदण्ड निर्धारण गर्ने अख्तियारी दिएको छ ।
क्तयलभ(अचगकजभच(ायच(कबभि(ष्लल्भउबउिद्योग मन्त्रालयमा बसेको बैठकमा सो अख्तियारी दिएको हो ।
बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, वनमन्त्री शङ्कर भण्डारी र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी सहभागी थिए ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा बसेको सो बैठकले रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको पुनरावलोकन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदनमाथि चरणबद्ध छलफल गरेपछि उक्त मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरिएको हो ।
उक्त निर्णयसँगै रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय हुने विश्वास व्यक्त गरिएको छ । प्रतिवेदनअनुसार हाल मुलुकमा रोडा, ढुङ्गा र गिटीसम्बन्धी ६०० वटा उद्योग सञ्चालनमा छन् ।
उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईंले प्रतिवेदनले ३५ वटाभन्दा बढी उद्योग चलाउन नसकिएको औँल्याएइको जानकारी दिए ।