Sunday, October 11, 2026
Home Uncategorized तिवारीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न युवासंघको माग

तिवारीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न युवासंघको माग

148

पुस ५,
दुर्गा तिवारीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न युवासंघको माग
काठमाडौं– युवा संघ नेपाललेरुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । हत्या भएकै भोलिपल्ट मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी उच्चस्तरीय छानवीन समिति गठन गरी हत्यारालाई कार्वाहीको दायरामा ल्याउन र हदैसम्मको कार्वाही गर्न सरकारसँग माग गरिएको हो । युवा संघ नेपालले हत्यारालाई कार्वाही गर्न सरकारले तदारुपता नदेखाए नेपाल बन्द गर्नेसहितको चेतावनी पनि दिएको छ । संघका केन्द्रिय अध्यक्ष राजीव पहारीले तिवारीको हत्या भएको १७ घण्टा वितिसक्दा समेत सरकारले घटनाको छानवीन सुरु नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
दोषीलाई नियन्त्रणमा लिई हदैसम्मको कार्वाही गर्न सरकारसँग माग उनले गरे । युवा संघ नेपालले बन्द हड्ताल नगर्ने पार्टीको नीति भएपनि सरकारले घटनाका दोषीलाई कारवाही गर्न र छानविन गर्न चासो नदेखाए बाध्य भएर बन्द हड्तालमा उत्रने चेतावनी पनि दिएको छ ।
राजनीतिक प्रतिसोधका कारण रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्या भएको संघको आरोप छ ।
संघले जिल्ला अध्यक्ष तिवारीको निधनमा २ दिन संगठनको झण्डा आधा झुकाउने, ३ दिनसम्म संघका आन्तरिक भेला र बैठक नगर्ने समेत जनाएको छ ।
त्यसैगरी घटनाको बास्तविकता पत्ता लगाउन महासचिव किरण पौडेलको संयोजकत्वमा तीन सदस्यीय आयोगसमेत गठन गरिएको युवा संघले जनाएको छ ।