मुटुलाई बलियो बनाउन सेक्स धेरै गर्नु

599

एजेन्सी । मुटुको बिरामीबाट ज्यान गुमाउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
यस्तोमा एक किताबले सुझाव दिएको छ केही मुटु रोग भएका मानिसहरुका लागि यी तरिका धेरै फाइदाजनक हुनसक्छन् ।
उक्त किताबका अनुसार एक व्यक्तिलाई आफ्नो मुटु बलियो बनाउनको लागि जमेर सेक्स गर्नुपर्छ । ७ घण्टा सुत्ने गर्नुपर्छ । देशी खानपिन र काचो लसुन खाने गर्नुपर्छ ।
उक्त किताबको नाम ‘हार्ट द इन्साइड स्टोरी अफ आवर बडीज मोस्ट इम्पोटेन्ट आर्गन’ हो । जसलाई पूर्व महामारी विद् डा जोहान्स हिनरिच वान बस्र्टलले लेखेका हुन् ।
उक्त किताबमा लेखिएको छ की कुनै यस्तो व्यक्तिसँग यौनसम्बन्ध बनाउनाले मुटु बलियो हुन्छ, जसलाई तपाई प्रेम गर्नुहुन्छ नकि सबैसँग यौनसम्बन्ध होइन ।
उनले भनेका छन्, ‘सम्भोग गर्दा मुटुका सबै तत्वहरुले वर्कआउट गर्छन् र जसले धेरै मात्रामा हार्मोन उत्पादन हुन्छ । यी हार्मोनहरुले हाम्रो मुटु तत्वहरुको रक्षा गर्नमा अहम भुमिका खेल्छन् ।’
मुटुलाई बलियो बनाउन मद्दत गर्ने एक कारक तत्त्व निद्रा पनि हो ।ss
युनिभर्सिटी अफ वारविकका अध्ययनकर्ताहरुले पत्ता लगाएअनुसार जुन मानिसहरु ६ घण्टा भन्दा पनि कम सुत्छन् उनीहरुलाई मुटु रोग हुने सम्भावना ४८ प्रतिशत भन्दा धेरै हुन्छ । र हर्टअट्याक हुने सम्भावना १५ प्रतिशतले बढ्न जान्छ ।
अर्कोतर्फ बढी सुत्नाले पनि शरीरलाई नोक्सान पुग्न सक्छ । यस्तोमा एक जना वयस्क पुरुषको लागि ७ घण्टा सुत्नु धेरै फाइदाजनक हुन्छ ।
निद्रा र सेक्स बाहेक खानपानले पनि मुटुका बिरामीहरुमा धेरै असर पार्छ । यदि तपाइ देशी खानपिन र सागसब्जीमा ध्यान दिनुहुन्छ भने तपाइलाई मुटु रोग लाग्ने सम्भावना कम हुनजान्छ ।
बस्र्टलले बताए अनुसार पिधेंको लसुन दिनमा दुईदेखि तीन चम्चा खाने गर्नाले ब्लड प्रेसर कम हुन्छ । लसुनले रगतलाई पातलो बनाउन्छ । जसले गर्दा यसको बग्ने गति सही रहन्छ । र अर्को तर्फ यसले कुनै हानी पनि पुर्याउँदैन ।