कान कराउनुको कारण यस्तो पो रहेछ

966

The ear of a teenage girl.
The ear of a teenage girl.

जुन शब्द वस्तुतः उत्पन्न नै भएका हुँदैनन् त्यस्ता ध्वनि सुनिनु भनेको कान कराउनु वा बज्नु हो । यसलाई अंग्रेजीमा ‘टाइनिटस’ भनिन्छ । टाइनिटस अर्थात् कान कराउने समस्या भएमा यस्तायस्ता शब्द, ध्वनिहरू सुनिन्छन् कि जुन शब्द आवाजहरू वस्तुतः उत्पन्न नै भएका हुँदैनन् ।
टाइनिटस अर्थात् यसको कारण कानमा ९इन्फेक्सन० संक्रमण हुनु हो । कानभित्र रुकावट हुनु हो । कानको इन्फेक्सन वा ब्लकेजको राम्रोसित उपचार गरिएको छ भने कान कराउने समस्याबाट मुक्ति पाइन्छ । उपचार गराउँदा पनि कान कराउने समस्या भई नै रह्यो भने यसको उपचार गराउन आवश्यक हुन्छ । कान बज्ने कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसका अनेकौं कारण हुन सक्छन् । जस्तै, टाउकोमा चोटपटक लाग्नु, कानमा इन्फेक्सन हुनु, कानमा जाम ९ब्लकेज० हुनु, काननेर ठूलो आवाज, विस्फोट हुनु, रुघाखोकी, पिनासदेखि मधुमेहसम्मका कुनै रोग लाग्नु, रक्तअल्पता ९एनिमिया० हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थायराइडको स्तर कम हुनु, कानमा कानेगुजी भरिनु आदि ।
कामको अत्यधिक चापका साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुनसक्छ । एन्टिबायोटिक औषधिहरूको प्रयोग, स्प्रिन टेबलेट, मूत्रवर्धक ९पिसाब लागाउने० औषधि, एन्टिडिप्रेसनको औषधि तथा अत्यधिक रक्सीको सेवनले पनि कान कराउने समस्या हुनसक्छ । वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउन सक्छ । भित्री कानको रोगका कारण तथा मध्य कानको हड्डीमा क्षयजनित रोगले पनि यसो हुनसक्छ । कान कराउने समस्या छ भने मनमस्तिष्कलाई दबाबबाट मुक्त राख्नुपर्छ अन्यथा स्थिति जटिल हुनसक्छ ।
कान कराउने रोगको उपचार
रोगको निदान
इएनटी ९नाक, कान, घाँटी० रोग विषेशज्ञद्वारा यस रोगको परीक्षणका लागि एक किसिमको जाँच गराइन्छ जसलाई अडियोमेर्टरी भनिन्छ । यो बहिरोपन नाप्ने तरिका हो । रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनेर सल्लाह दिन्छ ।
भावी फल
यस रोगको कुनै औषधि हुँदैन । यसको उपचार भनेको कानमा ९हेयरिङ–एड० लगाउने हो । यसबाट आवाज प्रस्त सुनिन्छ ।
उपचार
एलोप्याथिक चिकित्सामा यस रोगलाई निको पार्न गाह्रो छ । हेयरिङ–एड कानमा लगाउन सल्लाह दिइन्छ । यस यन्त्रले आवाज ठूलो पारेर कानभित्र पठाइदिन्छ र व्यक्तिले राम्ररी सुन्नसक्छ । यो कान सुन्ने यन्त्र विभिन्न आकारप्रकारमा उपलब्ध छन् ।
होमियोप्याथिक उपचार
होमियोप्याथिक उपचारबाट समस्या हटाउन सकिन्छ । होमियोप्याथिक औषधिको विशेषता भनेको यसमा अन्य नकारात्मक प्रभाव हुँदैन । होमियोप्याथिक औषधिले सोझै हाम्रो शरीरको मुख्य नियन्त्रक अर्थात् मस्तिष्क स्नायुहरूमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा पठाउँछ । यो एक स्वउपचारको सही तरिका हो । यी औषधि नियमानुसार प्रयोग गर्ने हो भने कान बज्ने रोगबाट सदाका लागि सजिलैसित छुटकारा पाउन सकिन्छ । – साभार अन्नपूर्ण पोस्ट – डा- लालितकुमार मिश्र