विद्युत चोरी गर्नेलाई पक्राउ गर्दै भक्तपुर प्राधिकरण

307

banner_blue
–रशिला होमागाई
भक्तपुर । भक्तपुर जिल्लामा विद्युत चुहावट धेरै भएपछि नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाले नेपाल प्रहरीको सहयोगमा चारी गर्नेलाई पक्राउ गर्ने भएको छ ।
कार्यालयले विद्युत चोरी नियन्त्रण गर्न तीन प्रकारको गतिविध संचालन गर्ने भएको छ । जसअनुसार पहिलो सन्देशात्मक, दोस्रो सुचनात्मक र तेस्रो अवस्थामा कारवाही गर्ने भएको छ ।
पहिलो चरण अन्र्तगत स्थानीय भाषा र नेपाली भाषामा श्रव्य सामाग्री सहित प्रचार प्रसार गर्ने, दोस्रोमा सुचनादिने र तेस्रोमा कारवाही गर्ने नेपाल विद्युत प्राधिकरण दुधपाटी शाखाका प्रमुख विक्रम कुमार अमात्यले बताएका छन् ।
जिल्लाको विभिन्न स्थानमा गरेर ३५ प्रतिशत भन्दा धेरै विद्युत चुहावट भएपछि यस्तो कार्य अगाडी बढाएको शाखाका प्रमुख अमात्यले जानकारी दिएका छन् ।
विद्युत चोरी गर्ने एउटै व्यक्तिसंग कार्यालयले १ लाख ५९ हजार सम्म जरिवाना असुल गरेको अमात्यले बताएका छन् ।
भक्तपुरमा सबै भन्दा धेरै ७ सय युनिट विद्युत चोरी गर्ने लक्ष्मी गहतराजसंग १ लाख ५९ हजार ४ सय ५७ रुपैयाँ असुल गरेको हो ।
यो आर्थीक वर्षको साउन यता मात्र ४० हजार ७ सय ४४ युनिट विद्युत चुहावट भएको त्यस वापत ८ लाख ३० हजार ६ सय ४१ रुपैँया जरिवाना वापत असुल गरेको कार्यालयले जानकारी दिएको छ ।
हाल भक्तपुरमा ३२ हजार १ सय ५७ विद्युत ग्राहकबाट मासिक ३ करोड ७५ लाख राजस्व संकलन गर्दै आएको छ ।
चोरी गर्नेलाई गल्ती सच्चाउने मौका
यदि कसैले विद्युत चारी गरेको भए कार्यालयमा आएर निवेदन दिएर गल्ती सच्चाउने मौका दिएको कार्यालय जानकारी दिएको छ ।
विद्युत चुहावटमा कमी ल्याउन ४ सय रुपैँया तिरेर निवेदन दिएका ति ग्राहकले गरेको गल्ती अन्तिम पटक सुर्धान सक्ने छन् ।
कार्यालयले ४ सय राजश्व तिरेपछि मिटरको सिल परिर्वतन गरीदिने र बक्सा समेत नयाँ राख्ने छ ।
कतिपय स्थानमा कर्मचारीको मिलोमतोमा विद्युत चारी हुने गरेको भन्दै यस्ता कर्मचारीलाई हदैसम्मको कारवाही गर्ने अमात्यले बताएका छन् ।
भक्तपुरमा लिवाली टाउन प्लानिङ्ग, कालिघाट, सानो व्यासी, व्यासी, पिखेल, छालिङ्ग, नगरकोटको लामाटोल, काभ्रेको बालुवापाटी देउपुर लगायतका स्थानहरु रहेका छन् ।