चलचित्रमा फर्कदै स्वेता

188

shewta-and-dayahang
चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् । स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि कहिलेबाट काम अगाडि बढ्छ भन्ने खुलेको थिएन ।नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । जसले यस अगाडि चलचित्र कोहिनुर निर्देशन गरेका थिए । स्वेताकै मुख्य भूमिका रहने चलचित्रको छायांकन चैत्र वा वैशाखबाट सुरु हुनेछ । यो चलचित्रका लागि नायिका खड्काले नायक दयाहाङ राइसँग कुरा गरिसकेकी छिन् । दयासँग स्वेताले एक चरणको कुरा गरिसकेकी छिन् । लभस्टोरी तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रबाट स्वेताले धमकेदार कमब्याक गर्ने सोच बनाएकी छिन् । दयाहाङ अहिले बेलायतमा चलचित्र ‘ह्याप्पी डेज’को छायांकनमा व्यस्त छन् ।