विमान दुर्घटनामा परेका एलनलाई १० वर्षे बालकले बचाए

260

विमान दुर्घटनामा परेका एलनलाई १० वर्षे बालकले बचाए
विमान दुर्घटनामा परेका एलनलाई १० वर्षे बालकले बचाए

विमान दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका अधिकांश खेलाडी तथा अधिकारीहरुको मृत्यु भएको छ । तर, एलन बाँचेका छन् । उद्धारमा खटिएका अधिकारीहरुका अनुसार यसमा एक १० वर्षे बालकले महत्वपूर्ण भूमिका खेलेका छन् ।
बालकले देखेपछि नै स्थानीयलाई खबर गरेका थिए, र उद्धारकर्तासम्म खबर पुग्यो । उद्धारकर्ता सान्टिएगोका अनुसार एलनले सुरुमा, मेरो परिवार, मेरो साथी… कहाँ छन् उनीहरु ? भन्ने प्रश्न गरेका थिए ।
एलनको अहिले उपचार भइरहेको छ । र, उनको स्वास्थ्य स्थिति स्थिर छ । डिफेण्डर हेलिओ नेटो र गोलकिपर ज्याक्सन फालम्यानको पनि जीवितै उद्धार गरिएको छ । र, उनीहरुको अवस्था अझै गम्भीर छ ।
विमान चालक दलका दुई सदस्यको पनि जीवितै उद्धार भएको छ । र, उनीहरुको खतरामुक्त रहेका छन् । चपेकोइन्सका गोलकिपर डानिलोको पनि जीवितै उद्धार भएको थियो । तर, उपचारका क्रममा निधन भएको छ ।