कुसंस्कारको रुपमा रहेको छाउपडि प्रथाको अन्त्य कहिले

269

chaupadi-photo
लालबहादुर विक
अछाम । सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडि प्रथा आदि विषयका बारेमा अछाम स्थित सरोकारवाला चिन्ता देखाएका छन् । जिल्ला प्रशासन कार्यालय अछामको संयोजनमा मंगलवार जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वदलिय सर्वपक्षिय बैठकका सहभागि सरोकारवाला उक्त बिषयमा चिन्तित बनेका थिए । अछाममा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत बनन लागेका बिभिन्न योजनाहरु जस्तै मंगलसेन दरवार, जिल्ला प्रशासन अगाडिको स्मृति पार्क, चौरमाण्डौको प्राथमिक स्वास्थ्य केन्द्रको भवन, साँफे र मंगलसेनमा भईरहेको सडक सुधारको कार्य लगायत बिषयमा ढिलासुस्ती र लापरवाहि भएकोप्रति जिलला स्थित राजनीतिक दलका प्रतिनीधि, सञ्चारकर्मी, कार्यालय प्रमुखहरु, गैससका प्रमुख प्रतिनिधी लगायत सरोकारवालाले चासो ब्यक्त गरेका थिए । यस्ता योजनाहरु गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्नका लागि सम्वन्धित निकायलाई खवरदारि पनि गरिएको छ । यस्तै बैठकको अवसरमा प्रमुख जिलला अधिकारी कोशलराज शर्माले राख्नुभएको अछामको छाउपडि कुप्रथा न्यूनिकरणको प्रस्तावमा पनि सबै सहभागिहरुले केही नीतिगत कुराहरु सुधार गर्दै परिणाम आँउने गरि कार्यक्रम अगाडि बढाईनुपर्नेमा जोड दिईएको हो । महिला तथा बालवालिका कार्यालय अछामको अगुवाईमा छाउपडि कुप्रथा र छाउगोठमा बस्ने परम्परालाई हटाँउन अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ