Wednesday, July 22, 2026
Home Blog Page 999
भदौ ४, एजेन्सी । काबुलमाथि तालिबानको कब्जापछि भारतसँग व्यापारको विषयमा सबैभन्दा बढी आशंका जताइँदै थियो । अब यो वास्तविकतामा परिणत भइरहेको देखिएको छ । भारतका अनुसार तालिबानले उसँगको सीमापार व्यापार बन्द गरेको छ ।चारैतिर मैदानी हिस्साले घेरिएको अफगानिस्तानसँग भारतको व्यापारिक लेनदेन मुख्य रुपमा पाकिस्तानको बाटो हुँदै गुज्रिन्छ । दुई देशबीच सडकमार्फत् हुने यो व्यापार अब ठप्प भएको छ...
भदौ ४, जनकपुरधाम । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो...
भदौ १, अफगानिस्तानमा तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ...
भदौं १, काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ...
साउन ३२, काभ्रे । मण्डनदेउपुर वडा नम्बर १ का बासिन्दाकोलागि महत्वपूर्ण सूचना आएको छ । राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने तथा विवरण संकलन गर्ने कार्य सुरु भएको छ । वडा नम्बर १ का सबै बस्ती र टोलहरुका बासिन्दाहरुले क्रमश उक्त कार्यक्रममा सहभागीता जनाउनु पर्नेछ । सूचना हेर्नुहोस् 
साउन ३२, काठमाडौं । बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६...
साउन ३१, कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका...
साउन ३१, बीबीसी । 'म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,' हबीब भन्छन्। हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्। अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो।तीन हप्ताअघि बीबीसीलाई दिएको अन्तरवार्तामा सुरक्षाको कारण देखाउँदै उनले आफ्नो पहिचान नखुलाइदिन आग्रह गरे। तीन सन्तानका...
साउन ३१, काठमाडौं । अध्यक्ष केपी ओली र माधव नेपालको विवादले पार्टी फुट्ने र जुट्ने टुंगो लागि सकेको छैन् । उता भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली पुगेका छन् । सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो ।...
साउन ३१, काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७।२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद...