साउन ३१,
कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् ।
गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना...
साउन ३१,
काभ्रे । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् ।प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना...
साउन ३०,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गरेका थिए । त्यसअनुसार नै शनिबार भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिए ।बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोहोर्याए, ‘क्रिकेट किन...
साउन ३०,
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी...
साउन ३०,
भक्तपुर । भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्वपूर्ण गाइजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक...
साउन २९, काठमाडौ । हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (साउन ३० गते, शनिबार) हुने भएको छ ।उक्त आईपीओको बाँडफाँड भोलि शनिबार सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडौँमा हुने भएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४...
साउन २९,
काठमाडौं । बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए । प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।प्याइमाउथ सटन र...
साउन २९,
काठमाडौं । नेपालका हिन्दुहरुले आज नाग पञ्चमी पर्व मनाइँदै छन् । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ । काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग,...
साउन २७, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त...
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग...










