Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय तालिबानद्वारा महिलालाई सरकारमा सामेल हुन आग्रह

तालिबानद्वारा महिलालाई सरकारमा सामेल हुन आग्रह

115

भदौ १,
अफगानिस्तानमा तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ ।’

यो घोषणा यस्तो समयमा आएको हो जब अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारीले अब तालिबानले आफूहरुसँग बदला लिने हो कि भन्ने डरमा थिए । तालिबान बर्बर सजाय दिनका लागि परिचित छ र उनीहरुमाथि युद्ध अपराध गरेको आरोप छ जसलाई उनीहरु लगातार खण्डन गर्ने गर्छन् ।