चैत २, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार नेपाली काँग्रेस केन्द्रिय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।
उनलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका...
चैत २,काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३...
चैत २,हेटौंडा : लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ।मितिनी नेपालले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बनाउनुपर्ने नीतिको मस्यौदामा उक्त माग गरिएको हो।बुधबार मितिनी नेपालको केन्द्रीय अध्यक्ष लक्ष्मी घलानले सामाजिक विकास मन्त्री मोक्तानलाई प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा बनाउनुपर्ने...
चैत २,सुर्खेत : कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने भएको छ। प्रदेश सरकारले बादी, गाइने, राउटे, बोटे, राजी, दलित, विपन्न, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जात वा समुदायका विपन्न वर्ग लक्षित गर्दै घर निर्माण गरिदिने भएको हो।गत फागुन ११ गते बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विपन्न आवास कार्यक्रमका लागि निर्णय गरेसँगै ‘कर्णाली प्रदेश विपन्नको घर...
चैत २,
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगललबार भेटवार्ता भएको छ।युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै...
चैत २,काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
चैत १,काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले ७० प्रतिशत सिट जित्ने बताएका छन्। अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए। स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट जित्न सक्छौं, उनले भने, पालिका वा सिटका हिसाबले यति जित्नका लागि हामी...
चैत १,काठमाडौं : भारतमा व्यापक रुपमा विस्तार हुँदै गएको किड्जी नेपालमा पनि बढ्दै गएको छ। यो प्रि-स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो।यसको ७ सय ५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरमा दुई हजारभन्दा बढी केन्द्र रहेका छन्।किड्जी बाल विकास र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ। किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा अतुलनीय...
चैत १,आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप...
चैत १काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको ‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। सुदूरपश्चिम पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै उत्तेजित नहुन कार्यकर्ताले भनेका हुन्। उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए। उनले...










