Tuesday, October 20, 2026
Home शिक्षा लैंगिक अल्पसंख्यकको विषयलाई पाठ्यक्रममा समावेश गर्न माग

लैंगिक अल्पसंख्यकको विषयलाई पाठ्यक्रममा समावेश गर्न माग

108

चैत २,

हेटौंडा : लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ।मितिनी नेपालले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बनाउनुपर्ने नीतिको मस्यौदामा उक्त माग गरिएको हो।बुधबार मितिनी नेपालको केन्द्रीय अध्यक्ष लक्ष्मी घलानले सामाजिक विकास मन्त्री मोक्तानलाई प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा बनाउनुपर्ने नीतिको मस्यौदा बुझाएकी थिइन्।

मितिनी नेपालले बनाएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानसम्बन्धी नीतिमा नीतिको उद्देश्‍य र आवश्यकतासँगै मस्यौदा पनि उल्लेख गरिएको छ। १४ बुँदे नीतिको मस्यौदामा लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गरिने शिक्षकहरूलाई तालिम दिइने, प्रदेशस्तरमा यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री कानुन बनाई लागू गरिने, हिंसा पीडित लैंगिक तथा यौनिक अल्पसंख्यकलाई उद्धार, राहत सेवाका साथै पुन: स्थापनाको व्यवस्था गरिने लगायतको कुरा समावेश गरिएको छ।