झापा : जिल्लाको भद्रपुरबाट ११ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका– २ स्थित कमलधाम गुम्बा बस्ने जितबहादुर निरौलाको ११ वर्षीय कान्छो छोरा दिपु निरौला जेठ १९ गतेदेखि बेपत्ता भएका हुन्।भर्खरै भारतको असामबाट बसाइँ सरेर भद्रपुर आएका जितबहादुरका छोरा दिपु सिचाई प्रावि कक्षा ४ मा अध्ययनरत छन्। छोरा दीपु जेठ १८ गते बुधबार...
पर्वत : नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको आयोजनामा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु भएको छ।मध्य कमाण्डले जिम्मेवारी लिँदै आएको ३१ जिल्लामध्ये २४ जिल्लाका २५ जना पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम सुरु भएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा भइरहेको तालिममा गृह मन्त्रालयका उपसचिवसहित नेपा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु ली सेनाका...
काठमाडौ । भारतको जयनगरबाट नेपालको जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी भएको छ। बिहीबार दिउँसो साढे तीन बजे जयनगर स्टेसनबाट रेल छुट्ने बेला १ नम्बर गेटको जनरल बोगीमा सामान्य आगलागी भएको हो।
सामान राख्ने र्याकमा अनजान व्यक्तिले राखेको तेजाब पोखिएर रेलमा धुँवा फैलिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिएका छन् ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३...
सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख,...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेको छन्। स्थानीय तहको निर्वाचनमा खुम्चिएको एमालेले पाँच दलीय गठबन्धन टुटाउन प्रधानमन्त्रीको अफर गरेको खुलाएका हुन्। बिहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले आगामी निर्वाचनभन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने काम कुनै काम नगर्नेसमेत बताए। उनले भने, ‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो,...
काठमाडौं : अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ।
ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ।ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। ती व्यक्तिको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।डाक्टरहरूको कार्यालय...
काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले वीरेन्द्र अहिलेसम्म राजा रहिरहेको भए नेपालमा विकृत वामपन्थीकरण नहुने उल्लेख गरेका छन्। दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको दिन बिहीबार राजपरिवारको तस्वीर सामाजिक संजालमा पोष्ट गर्दै उनले वीरेन्द्रलाई स्मरण गरेका हुन्। वीरेन्द्रले विचारभन्दा माथि देशलाई राखेको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्, 'आज उनी रहिरहेको भए सम्भवतः यो देशको विकृत वामपन्थीकरण...
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासँग सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीिमा सम्बन्धित कार्यलाई अर्थमन्त्रीले बुझ्न नसकेको बताएका हुन्। स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र...
झापा : जिल्लाको भद्रपुर– ८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा स्वर्गीय राजा महेन्द्रको अर्धकदको शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएको छ।२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आह्वानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरुले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए।त्यसबेला सेनाको गोली लागेर सुरज विश्वास र राजन गिरीको ज्यान गएको...










