Sunday, September 27, 2026
Home समाचार पत्रकारहरुको लागि ६ दिने तालिम सुरु

पत्रकारहरुको लागि ६ दिने तालिम सुरु

87

पर्वत : नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको आयोजनामा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु भएको छ।​मध्य कमाण्डले जिम्मेवारी लिँदै आएको ३१ जिल्लामध्ये २४ जिल्लाका २५ जना पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम सुरु भएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा भइरहेको तालिममा गृह मन्त्रालयका उपसचिवसहित नेपा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु ली सेनाका अधिकृतहरुले प्रशिक्षण दिइरहेका छन्। जेठ २२, २३ र २४ गते तीन ब्यारेकमा हुने आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते स्थलगत भ्रमण सहितको तालिम चल्ने मध्य कमाण्ड हेडक्वार्टरले बताएको छ।

२५ गते तनहुँको तनहुँ हाइड्रोपावरको अवलोकन, २६ गते पाल्पा स्थित सैनिक संग्रहालय र २७ गते बुटवलको जितगढीको अवलोकन सहित अन्तिम प्रवचन सहित तालिम समापन हुने छ।आइतबार तालिमको उद्घाटन गर्दै मध्य कमाण्ड हेडक्वार्टरका उपरथी बाबुराम श्रेष्ठले नेपाली मातृभूमिको रक्षाको लागि सदैव लागिरहेको बताए।नेपाली सेनाको इतिहासको बारेमा बताउँदै उनले सेनाले जनताको पक्षमा काम गर्ने गरि जनसम्पर्क निर्देशनालय स्थापना गरेको उल्लेख गरे। जनताको जिवन यापनमा समेत सघाउने गरि सेनाले पनि विभिन्न काम गरेको भन्दै उपरथी श्रेष्ठले राष्ट्रको चौथो अङ्ग र नेपाली सेनाबीचको सम्बन्ध थप बलियो हुनुपर्ने धारणा राखे।