Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकामा गोली लागेर चार जनाको मृत्यु

अमेरिकामा गोली लागेर चार जनाको मृत्यु

104
सांकेतिक तस्विर

काठमाडौं : अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ।
ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ।ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। ती व्यक्तिको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए।