Wednesday, October 7, 2026
Home राजनीति वीरेन्द्र राजा रहिरहेको भए देशमा विकृत वामपन्थीकरण हुने थिएन : रवीन्द्र मिश्र

वीरेन्द्र राजा रहिरहेको भए देशमा विकृत वामपन्थीकरण हुने थिएन : रवीन्द्र मिश्र

137

काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले वीरेन्द्र अहिलेसम्म राजा रहिरहेको भए नेपालमा विकृत वामपन्थीकरण नहुने उल्लेख गरेका छन्। दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको दिन बिहीबार राजपरिवारको तस्वीर सामाजिक संजालमा पोष्ट गर्दै उनले वीरेन्द्रलाई स्मरण गरेका हुन्। वीरेन्द्रले विचारभन्दा माथि देशलाई राखेको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्, ‘आज उनी रहिरहेको भए सम्भवतः यो देशको विकृत वामपन्थीकरण हुने थिएन।’उनको कमजोरी भए पनि देशको शीर झुक्न नदिएको उल्लेख गरेका छन्। ‘विष्णुको अवतार भनिए पनि उनी मानव नै थिए र उनका कमजोरी नभएका होइनन्।’ मिश्रले लेखेका छन्, ‘बरु आफैं नेपाली जनताका सामू झुक्नु उपयुक्त सम्झिए।’