Monday, July 13, 2026
Home Blog Page 922
भक्तपुर । अविरल परेको झरीका कारणले भक्तपुर जिल्लाका केही नदिमा ठुलो बाढी आएको छ । भक्तपुर जिल्लाको मुख्य नदि हनुमन्तेमा बाढी आउदाँ आसपासका बस्तीहरुमा समस्या भएको स्थानीयहरुले बताएका छन् ।भक्तपुरका विनोद प्रकाश कायस्थले सामाजिक संजालमा राख्नु भएको तस्विर हेरौं
काठमाडौं । रासायनिक मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने .माग नेकपा एमालेका सांसद महेश बस्नेतले गरेका छन् । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं ।...
काठमाडौं । तपाई सेवा लिन विभिन्न सरकारी कार्यालय जानु पर्ने हुन सक्छ । तेहाँ सम्पूर्ण कागजपत्र हुदाँ पनि कर्मचारीले काम गर्न आनाकानी गरिहरेका छन् । त्यसो गरिरहेका छन् भने त्यस कार्यालयको तपाईको काम कुन शाखामा हो शाखा प्रमुखलाई भेटनुहोस् । उहाँ बाट चित्त बुझ्दो जवाफ आएन भने त्यस कार्यालयका सूचना अधिकारीलाई सोधनुहोस् ।तेती गर्दापनि तपाईको कानुनी प्रक्रिया पुगेका काम...
काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो। उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने...
बारा । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जर्नादन शर्माले करका दर अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै आपत्ति जनाएको छ। जेठ १४ गते राति आगामी वर्षको बजेटमा पूर्वनासुलाई अर्थमन्त्री शर्माले मनलाग्दी करका दर परिवर्तन गर्ने जिम्मेवारी दिएको सार्वजनिक भएपछि एमालेले आपत्ति जनाएको हो। संसदमा एमाले सांसद योगेश भट्टराईले भने, ‘पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि सूचना सार्वजनिक गरिँदैन। अर्थमन्त्रीले...
वीरगञ्ज । आलु लगाउने, गोडमेल गर्ने र खन्ने सिजनमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका किसान पारस ठाकुरलाई हैरान हुन्थ्यो । किनभने आलु लगाउँदा होस् वा खन्दा धेरै श्रमिक र समयको खर्च हुन्थ्यो । तिनै श्रमिक पनि आफूलाई आवश्यक परेको बेला पाइन्नथ्यो । तर आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर)को प्रयोगपछि भने उनी खुशी छन् ।यसपालि उनले...
काठमाडौं । नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको नेकपा एमालेका सांसद मोहन बानियाँले जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ रु यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’ एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको...
काठमाडौं । नेपालकी चर्चित गायिका इन्दिरा जोशी जेठ ३१ गते भोली मंगलबार विवाह गर्दैछिन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गर्न लागेकी हुन्। उनले इस्टाग्राममार्फत हल्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी छन्। उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘मेरो बगैंचामा हल्दी लगाएँ। मेरो परिवारका सदस्यहरूको उपस्थितिमा यस समारोहलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौं। हल्दी समारोह...
काठमाडौं । नेपालको बजारमा चिनीको मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ । पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको हो । संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनी प्रतिकिलो एक सय रूपैयाँ थियो। पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको व्यापारी बताउँछन्।