Friday, October 23, 2026
Home मनोरन्जन भोलीकी बेहुली गायिका इन्दिरा जोशीको तस्विर हेरौं,

भोलीकी बेहुली गायिका इन्दिरा जोशीको तस्विर हेरौं,

112

काठमाडौं । नेपालकी चर्चित गायिका इन्दिरा जोशी जेठ ३१ गते भोली मंगलबार विवाह गर्दैछिन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गर्न लागेकी हुन्। उनले इस्टाग्राममार्फत हल्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी छन्। उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘मेरो बगैंचामा हल्दी लगाएँ। मेरो परिवारका सदस्यहरूको उपस्थितिमा यस समारोहलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौं। हल्दी समारोह साँच्चै राम्रो भयो। तपाई‍ंको शुभकामना र आशीर्वादको लागि सबैलाई धन्यवाद!’

हल्दी समारोहमा इन्दिरा गुलाबी रंगको सारीमा देखिएकी छिन्। तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइ दिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।