काठमाडौं । तनहुँ जिल्लाको डुम्रे-मुग्लिङ सडकखण्डमा मालबाहक र यात्रुबाहक दुबै खालका सवारी साधन चल्ने भएको छ। आँबुखैरेनी गाउँपालिका-४ साँखरमा लगातार वर्षाको कारण पहिरो जाँदा सडकखण्डमा क्षति पुगेको थियो। सडकमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मको लागि मालबाहक सवारी साधनलाई निषेध गरिएको थियो।र साना यात्रुबाहक सवारी साधन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मको लागि मात्रै सञ्चालन...
काठमाडौं : शहीद गंगालल राष्ट्रिय ह्दय केन्द्र बाँसबारीले कर्मचारी माग गरेको छ। केन्द्रले विज्ञापन निकाल्दै विभिन्न पदमा १ सय २ पदका लागि दरखास्त आव्हान गरेको हो। जस अनुसार वरिष्ठ कन्सल्ट्यान्ट कार्डियाक सर्जनदेखि नर्सिङ सेवाका लागि दरखास्त आव्हान गरेको छ। जस अनुसार स्टाफ नर्स सबै भन्दा धेरै ३० जनाको माग छ।
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिमा सडक खन्दै गरेको ठाउमा पहिरो खस्दा दुई बालक पुरिएका छन्। परिवर्तन गाउँपालिका ५ स्थित दाउन्ने भीरमा पहिरो खस्दा स्थानीय प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र २ वर्षका छोरा इशान पुरिएका रोल्पाका डिएसपी विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार अहिले स्थानीयसहित प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ। स्काभेटरले सडक खन्दै गरेको आज...
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसिसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै सांसद सुवालले एमसिसी संसदबाट पारित गरेपछि नेपालमा महँगी समेत बढेको जिकिर गरे। उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ भइसक्ने आश्वासन दिएका छन्। महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्र्ख प्रमुख शाहले भने, ‘सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी गराउँदछु।’उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग...
काठमाडौं । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटिएको छ। नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो। सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको...
काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् । फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ । मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् । ‘पानीफोटो’...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसमको यस्तो हुने अनुमान रहेको छ ।मौसम विश्लेषण: नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।हाल मौसमको अवस्था :...
भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको आयोजना तथा तेजस्वी पाठशालाको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सफलता सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम संघको १२ औं स्थापना दिवसको उपलक्षयमा गरिएको थियो । जसमा २० जना रक्तदाताहरुले रक्तदान गरेका छन् । सामाजिक उतरदायित्वको उदेश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक अल्बर्ट बज्राचार्यले जानकारी दिए ।
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । बोगश्वरीको वडा नजिकै बाँसबारी सामुदायीक सेवा समाजको आयोजनमा शनिबार बिहानबाट सुरु भएको शिविरको उद्घाटन नेकपा एमालेका नेता महेश बस्नेतले गरेका थिए । भक्तपुर इन्टरनेशनल हस्पीटलको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा बाल रोग, स्त्रीरोग, हाडर्जोनी तथा नशालगायतका रोगहरुको जाँच तथा निशुल्क रुपमा औषधी समेत...









