काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन्। रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ। नेकपा ब्युताउने अभियान चलाईरहेका नेता...
कैलाली – कैलालीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका बेला चट्याङ लागेको हो । मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।
कुश्मा । भिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालि रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ । स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ। एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरि)...
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ। यो अफरमार्फत् मंगलबार दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमा शुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सकिनेछ।यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ। यसैगरी यसरी इसेवामार्फत भुक्तानी गर्दा...
काठमाडौं । मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्। विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान डिले भएको हो। काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।केहीबेर अघि भद्रपुरमा उडान शुरू भएको विमानस्थल कार्यालयले...
काठमाडौं । त्रिचन्द्र क्याम्पसलाई प्रबलीकरणको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्। वि.सं १९७५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गरेको यो क्याम्पसलाई पुनर्निर्माण नभई पुरानै शैलीमा प्रबलीकरण गर्न उनीहरूको माग छ।सरकारले यसै वर्षदेखि क्याम्पस भवन पुनर्निर्माण गर्ने जनाएको छ। यो क्याम्पस सय वर्षभन्दा पुरानो हो। प्राचीन स्मारक ऐनले सय वर्ष कटेका संरचनालाई इतिहास मान्छ। सम्पदा संरक्षणकर्मी...
काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। अहिले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाई पार्टीबाट नयाँ मन्त्री पठाउनुपर्ने माग केही सांसदहरूले राखेका छन्। सोमबार बेलुकी काठमाडौंको रातोपुलस्थित एक घरमा बसेको बैठकमा पनि मन्त्री फेर्नुपर्ने विषयले प्रवेश पाएको थियो। जसपाका कार्यकारिणी समितिका सदस्यहरू सहभागी बैठकमा मन्त्री फेर्नुपर्ने माग उठेपछि यसबारे छलफल भएको...
काभ्रेपलान्चोक । मध्य असार खेतमा कुलोको पानी लगाएर खन्नु पर्ने समयमा किसानलाई भने कुलो मर्मत गर्न जानु पर्ने बाध्यता छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १, गिर्धरे र आसपासको हजारौं रोपनी खेत सिंचाई हुने कुलो सधैं भत्कने गरेको छ । विगतमा स्थानीय सरकारले खासैं चासों नदिएकाले पनि करिब ३ किलोमिटर भन्दा लामो कुलो भत्कने र लड्ने गरेको स्थानीय सुवास...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको...
काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा। सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो।काठमाडौँकी एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो। डा. कुँवरले नेपालमा सम्भवत...










