मण्डनदेउपुर गिर्धरेका किसानको पीडाः कोदाली बोकेर खेतमा हैन, कुलो बनाउन जानु पर्ने बाध्यता

160

काभ्रेपलान्चोक । मध्य असार खेतमा कुलोको पानी लगाएर खन्नु पर्ने समयमा किसानलाई भने कुलो मर्मत गर्न जानु पर्ने बाध्यता छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १, गिर्धरे र आसपासको हजारौं रोपनी खेत सिंचाई हुने कुलो सधैं भत्कने गरेको छ । विगतमा स्थानीय सरकारले खासैं चासों नदिएकाले पनि करिब ३ किलोमिटर भन्दा लामो कुलो भत्कने र लड्ने गरेको स्थानीय सुवास ढकालले नयाँ नेपाल न्यूजलाई जानकारी दिए । लेकतिर पानी परेपछि कुलोमा पानीको बहाव बढ्ने भएकाले पनि कुलो भत्कने गरेको उनको भनाई छ । खेतीपाती गर्ने समय सधै कुलो भत्कने भएकाले स्थानीय किसानहरुले दुःख पाउने गरेका छन् ।

सो वडाका अध्यक्ष शिवप्रसाद ढकालले किसानका समस्या समाधान गर्न पहल गर्ने बताए ।