नेपालमै पहिलोपटक स्काइ ग्लाइडिङमा कति लाग्छ शुल्क ?

110

कुश्मा । भिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालि रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ । स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ। एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरि) माथि घिर्नीमा झुण्डिदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।

टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ। स्काइ ग्लाइडिङ खेल्न प्रतिब्यक्ती बाह्र सय लाग्ने बताइएको छ। उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्नेछन् ।