धनगढी । कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका(४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्।सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ। भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४/५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए। उनी खुट्टामा...
काठमाडौँ । नेकपा (एमाले) का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाउनुभयो । उहाँले प्रश्न...
काठमाडौं । क्रिकेट लोकप्रियसँगै व्यवसायिक बन्दै जाँदा नयाँ-नयाँ फर्म्याटमा खेलाउन थालिएको छ। टेस्ट क्रिकेटपछि एकदिवसीय हुँदै टी-२० फर्म्याटमा प्रतिस्पर्धा हुन थाल्यो। त्यसपछि टी-१० र ‘हन्ड्रेड बल’ को फर्म्याटमा पनि प्रतिस्पर्धा भयो। पछिल्लो पटक क्रिकेटमा ‘६० बल’ मा प्रतिस्पर्धा हुन थालेको छ। वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको...
काठमाडौं । सोमबार सुन(चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन...
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।...
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांक अनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ ।बुढीनन्दा नगरपालिकाका १०...
काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए।तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि...
धनगढी । करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ।कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो। उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार दुइसय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्त्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना...









