Saturday, July 25, 2026
Home Blog Page 9
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं. १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा सिरुटारमा विकासको लहर ल्याउन सफल भएको बताउनु भएको छ । क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना र सूयविनायक नगरपालिकाको सहकार्यमा सोमबार आयोजना सूर्यविनायक नगरपालिका वडा नं. १ कार्यालयको सभाहलमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उहाँले २०७४ साल अगाडिसम्म खानेपानीको चरम...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार आजको मौसम यस्तो हुनेछ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (trough), स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका...
काठमाडौँ । बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमाबुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जानकारी दिएको छ । इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । केही दिनअघि पक्राउ गरेर श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको थियो ।
काठमाडौँ । युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । युद्ध सुरु हुनुअघि प्रतिब्यारेल ७० डलरको आसपासमा रहेको ब्रेन्ट क्रुडको मूल्य युद्धको चरम अवस्थामा प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । अहिले सम्झौताको खबरले विश्व बजारलाई केही राहत दिएको छ ।दुई देशबीच मध्यस्थता...
अन्तरक्रिया कार्यक्रम भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णहरी आचार्यले भौतिक पूर्वाधार विकाससँगै जनताको चेतनास्तर अभिवृद्धि गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमि नपा. ३ को सहकार्यमा आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यहरूको स्थलगत अवलोकन एवं अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष आचार्यले यस्तो वताएका हुन् । उनले भने...
भक्तपुर । मित्रश्री पाठशालले विद्यार्थी सम्मान, शिक्षक सम्मान तथा अभिप्रेरणा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित पाठशालाद्वारा दुवाकोट सिटि बैक्वेटमा आयोजित SEE तथा BEE 2082 मा GPA 4.00 प्राप्त विद्यालयले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको हो । कार्यक्रममा SEE 2082 मा GPA 4.00 प्राप्त गर्न सफल विद्यार्थी अमिर लामा तथा BEE...
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा इंग्लिस स्कुलमा कक्षा १० अध्ययनरत विद्यार्थीहरुले सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेका छन् । उनिहरुले एसईई परिक्षा २०८२ मा सहभागी भएर उतिर्ण दाइ दिदिहरुको सम्मान र बिदाई गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका अध्यक्ष लीलानाथ निरौलाले २०५३ सालमा स्थापना भएको विद्यालयले १८ औं ब्याचले एसईई दिएको जानकारी दिए...
भक्तपुर ।भक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले हालै नेपाल सरकारले सार्वजनिक गरेको बजेट विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटबारे बुधबार आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक र अतिथिहरुले बजेटले गरीबलाई भन्दा धनी व्यक्तिहरुलाई बजेटले फाइदा पुग्ने निष्कर्ष निकालेको थियो । कार्यक्रममा बागमती प्रदेश सभा...
भक्तपुर । कविता लेखन प्रशिक्षण तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा आईतवार र सोमबार दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकारद्वय जिवनाथ अधिकारी र...
भक्तपुर । मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ। सूर्यविनायक नगरपालिका–९, भक्तपुर भातेढिकुरस्थित विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो।विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरेका छन् । विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई...