भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगर कमिटिले मदन आश्रीत स्मृति दिवसको अवसरमा रचनात्मक कार्य गर्ने निणय गरेको छ ।
नगर कमिटिका सचिव भागवतराम गेलालका अनुसार ३२ औं मदन आश्रीत दिवसको अवसरमा भोली जेठ १० गते शनिवार नगरकोट महादेव पोखरी क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । ‘हामीले रचनात्मक कार्यलाई विभिन्न अवसर पारेका गर्दै आइरहेका छौं, विगतमा पदयात्रा र रक्तदान गरेका थियौ,’ सचिव गेलालले भन्नुभयो । ‘भोली विहान ७ बजे सबै जना महादेव पोखरीमा आइदिनु होला । ‘