काठमाडौँ । आगामी साउनदेखि नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको हो ।
नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ । असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको पनि स्नेहीले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा चर्को विवाद देखिएको निष्कर्ष समितिको आज बसेको बैठकले निकालेको छ । काठमाडौँ, बारा, सर्लाही, ओखलढुङ्गा खोटाङ, सिराहा, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासीलगायतमा चर्को विवाद देखिएको छ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको एउटा पालिकाका तीन वडामा विवाद छ